काठमाडौँ – नवगठित सरकारले मन्त्रिपरिषद्को बैठकका निर्णय २४ घण्टासम्म गोप्य राख्ने भएको छ । सरकार गठन भएलगत्तै सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।


ADVERTISEMENT


निर्णयहरुको गोपनियताको ख्याल गर्दै र निर्णयलाई परिपक्व हुन दिनका लागि उक्त निर्णय गरिएको प्रवक्ता गुरुङले जिकिर गरे । ‘मन्त्रिपरिषद्को निर्णय २४ घण्टासम्म गोप्य रहन्छ । मन्त्रीहरुले पनि त्यसलाई बाहिर लान पाउँदैन । तर हामी २५ घण्टापछि जानकारी पाउनुपर्ने विषय पनि आजै भनिदिँदा रहेछौँ ।’ उनले भने, ‘त्यो हाम्रो गोपनियताको विरुद्धमा हुन्छ । त्यसैले अबको मन्त्रिपरिषद् बैठकका निर्णय २४ घण्टापछि सरकारले प्रवक्ताले मन्त्रालयमै जानकारी गराउँछ ।’


ADVERTISEMENT

# # #


यद्दपि एकमदै आकष्मिक, राष्ट्रिय महत्वको तथा तत्कालै सार्वजनिक गर्न मन्त्रिपरिषद् बैठकले नै स्वीकृत गरेको विषय भने सोही दिन सार्वजनिक गरिने उनले बताए । आफूले प्रस्ताव गरेको विषयमा अन्तिम निर्णय गर्नुअघि परिवर्तन गर्न चाहेमा समय मिल्ने भएकाले उक्त निर्णय गरिएको गुरुङले बताए ।

यसअघि भने मन्त्रिपरिषद् बैठकका अधिकांश निर्णय सोही दिन सार्वजनिक गर्ने गरिएको थियो ।