एजेन्सी – बङ्गलादेशमा शेख हसिनाले राजीनामा दिएपछि प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेर लुटपाट गरेका छन् । सार्वजनिक तस्बिरमा प्रदर्शनकारीले प्रधानमन्त्री निवासका सामानहरू लैजाँदै गरेको देखिन्छ ।


ADVERTISEMENT


ढाकामा रहेका बीबीसी संवाददाताका अनुसार स्थानीय समाचार च्यानलमा देखाइएको तस्विरमा प्रधानमन्त्री निवासबाट सोफाजस्तो वस्तु बोकेर मानिसलाई देख्न सकिन्छ ।


ADVERTISEMENT

# # #


बंगलादेशमा गत महिनादेखि विद्यार्थीहरू आन्दोलनमा थिए, उनीहरूको पहिलो माग सरकारी जागिरमा आरक्षण खारेज गर्ने थियो। पछि उनीहरुले प्रधानमन्त्री पदबाट शेख हसिनाको राजीनामा माग गरेका थिए ।

यी पनि हेर्नुहोस् :
बंगलादेशकी प्रधानमन्त्री हसिना देश छोडेर भागिन्, सेनापतिले गरे यस्तो घोषणा
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा राजीनामा, अन्तरिम सरकार चाँडै बन्ने
देश छोडेर भारत पुगिन् शेख हसिना, लण्डन उड्ने तयारी गर्दै
बंगलादेशमा विद्यार्थीले कसरी हल्लाए एशियाकै शक्तिशाली महिलाको सिंहासन ?

सोमबार मात्रै शेख हसिनाले राजीनामा दिएर भारतको अगरतला सहर गएकी थिइन् । त्यसपछि बंगलादेशका सेना प्रमुख जनरल वकार उज जमानले राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई शान्ति कायम राख्न अपील गरेका थिए । साथै उनले चाँडै अन्तरिम सरकार बन्ने घोषणा गरेका थिए ।