काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलबारका लागि बैठक बोलाएका हुन् ।
बैठक मंगलबार अपराह्न २ बजे संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने भएको हो । त्यसअघि काँग्रेसको संसदीय दल कार्यसमिति बैठक बस्ने छ । जुन अपराह्न १ बजे सोही स्थानमा बस्नेछ ।
नेपाली काँग्रेसले अबिरल वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषका ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो । यस्तै काँग्रेसका संघीय सांसदको १५ दिन बराबरको तलब समेत उपलब्ध गराउने काँग्रेस केन्द्रीय कार्यसमितिले निर्णय गरेको थियो ।



























































