काठमाडौँ– अल्बेनियामा आज बिहान भएको ‘द मिस ग्लोब’ को फिनालेमा ७० देश का प्रतियोगीबीच नेपालकी मोनिका अधिकारीले नेपाललाई टप १५ सम्म पुर्‍याएकी छिन् ।


ADVERTISEMENT


यो नेपाल को द मिस ग्लोब मा पहिलो सफलता हो । २० दिनसम्म भएको प्रतियोगिता मा मोनिका ले हेड टु हेड च्यालेन्ज तथा मस्ट पपुलर विधामा समेतमा फाइनल मा पुगेकी थिइन्। यस प्रतियोगिता मा कोलम्बियाले उपाधी जितेको छ भन , थाइल्यान्ड दोस्रो भएको छ ।


ADVERTISEMENT

# # #


यस वर्ष मात्र सनुर्वी इन्टेरन्यास्नलले आयोजना गरेको मिस्टर र मिस न्यास्नल प्रतियोगिता बाट नेपाल लाइ प्रतिनिधित्व गरेका २ विजेताले अन्तर्राष्ट्रिय सफलता हासिल गरिसकेका छन् । उनी शुक्रबार नेपाल फर्किदै छिन् ।

यसअघि गत जुलाई मा धिरोज काजी बस्नेत्, मिस्टर सुप्रान्यास्नल २०२४ मा टप २० पुग्न सफल भएका थिए । सनुर्वी इन्टेरन्यास्नलका अध्यक्ष तथा पुर्व मिस्टर नेपाल डा सन्तोष उपाध्यायले आयोजना गर्ने मिस्टर र मिस न्यास्नल प्रतियोगिता बाट हरेक वर्ष अन्तराष्ट्रिय सफलता हासिल गर्दै आएको छ ।

डा उपाध्याय आफैले पनि नेपालका लागि मिस्टर सुप्रान्यास्नल २०२१ मा टप ५ पुग्दै २ सब टाईटल ल्याएर हाल सम्म कै उच्च उपाधी हासिल गर्न सफल भएका थिए । नेपालीले अवसर र आयोजकको राम्रो साथ पाए, अन्तराष्ट्रिय उपाधी ल्याउन सकिन्छ भनेर आफै आयोजक भएका उनि आफ्नो भनाइलाइ साबित मात्र गर्दै छैनन्, उनी नेपालको प्याजेन्ट जगतमा नयाँ युगको सुरुवात पनि गरिरहेका छन् ।

मोनिकाले यो सफलतासंगै अल्बनियाबाट नेपालको नाम बिश्व सामु पुर्याएकी छिन् । साथै यसको मद्दतले नेपालमा आउने युरोपियन पर्यटक पनि बढ्ने विश्वास समेत लिइएको छ ।