काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा आगामी नोभेम्बर १ देखि सुरु हुने हङकङ क्रिकेट सिक्सेस, २०२४ प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले युवा खेलाडी सन्दिप जोराको कप्तानीमा ७ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।


ADVERTISEMENT


जस अनुसार नेपाली टोलीमा सन्दिप जोरा (कप्तान), नारायण जोशी, प्रतिश जिसी, राशिद खान, लोकश बम (विकेटकिपर), विवेक यादव र दीपेन्द्र रावत रहेका छन् । प्रतियोगिताका लागि क्यानले ज्ञानेन्द्र मल्ललाई नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको छ । १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा भारत, अष्ट्रेलिया, इंगल्याण्ड लगायतका ८ टेस्ट राष्ट्र र आयोजक हङकङ र नेपालसहित ४ एशोसिएट्स राष्ट्र सहभागी हुनेछन् ।


ADVERTISEMENT

# # #


नेपाल प्रतियोगिताको समूह ‘बी’मा रहेको छ । जहाँ अष्ट्रेलिया र इंगल्याण्ड रहेका छन् । नेपालले पहिलो खेल नोभेम्बर १ मा इंगल्याण्ड र नोभेम्बर २ मा अष्ट्रेलियाविरुद्ध खेल्नेछ । अष्ट्रेलियाले ड्यान क्रिस्टियनको कप्तानीमा उसको टोली घोषणा गरिसकेको छ ।

के हो हङकङ क्रिकेट सिक्सेस ?

हङकङ क्रिकेट सिक्सेस काउलुन क्रिकेट क्लबमा आयोजना हुने एक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले समेत स्वीकृति दिएको यो प्रतियोगिता क्रिकेट हङकङद्वारा आयोजित हुने गरेको छ । जसमा प्रत्येक टोलीमा ६ जना खेलाडीले मैदानमा उत्रिन पाउँछन् भने खेल ५–५ ओभरको हुने गर्छ ।

जसको पहिलो संस्करण पहिलो संस्करण सन् १९९३ मा खेलिएको थियो भने अन्तिम संस्करण सन् २०१७ मा भएको थियो । ७ वर्षपछि यो प्रतियोगिता फर्किएको हो । दक्षिण अफ्रिका यसको साबिक विजेता हो ।