काठमाडौँ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल गर्न बैठक डाकेको हो ।


ADVERTISEMENT

# # #


आजको बैठकमा रास्वपा सभापति रवि लामिछाने पक्राउ प्रकरणदेखि भोलि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको प्रदर्शनको बिषयमा समेत छलफल हुने जनाइएको छ। यसैगरि, बैठकमा सरकारको सय दिने कामको समीक्षा र आगामी रणनीतिबारे पनि छलफल हुने बुझिएको छ ।

सत्तारुढ दलको बैठक बुधबार पनि  बसेको थियो ।