काठमाडौँ– दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि नेपाल आज बंगलादेशसंग भिड्दैछ ।


ADVERTISEMENT


खेल आज साँझ साढे ६ बजे दशरथ रंगशालामा हुँदैछ । नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हराउँदै र बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल र बंगलादेश दुवै यस संस्करणमा अपराजित छन् र उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने दुवै टिमको दावी छ ।

खेलका लागि एन्फाले भौतिक रुपमा नै बुधबार टिकट बिक्रि बितरण गरेको छ । अनलाइनबाट टिकट बिक्रि गर्दा समस्या भएको र क्षमता भन्दा बढि बिक्रि भएको पाइएपछि एन्फा आफैले बुधबार बिहानैबाट टिकट बिक्रि गरेको हो ।

खेलका लागि एन्फाले एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानसहित तीन स्थानबाट टिकटको वितरण गर्दैछ । टिकटका लागि दर्शकहरु रातीदेखि नै लाइनमा लागेका थिए ।

जावलाखेल खेल मैदान र भद्रकालीको स्थिति आर्मी हेडक्वाटर पछाडी सयौ दर्शकहरु टिकट काट्नका लागि लाइन बसेका थिए ।

फाइनल खेलमा सुरक्षालाई ध्यानमा राख्दै एन्फाले केहि बस्तु दशरथ रंगशाला भित्र लान निषेध गरेको छ । प्रहरीले लाइनमा लागेका दर्शकहरुलाई माइकिङ गरेर दशरथ रंगशाला प्रवेश प्रतिबन्धित सामग्रीहरुका बारेमा जानकारी गराएका थिए । फाइनल खेलमा पानीको बोतल समेत निषेध गरिएको छ ।