काठमाडौँ– सहकारीको रकम अपचलन अभियोगमा पक्राउ पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी गरेको छ ।
हाल पोखराको प्रहरी हिरासतमा रहेका रविलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि काठमाडौंमा ल्याउन लागिएको हो । उनलाई आज साँझ हवाई मार्गमार्फत काठमाडौँ ल्याइने स्रोतले बतायो ।
रविलाई अनुसन्धानकाला लागि लैजान लागिएको काठमाडौं तेस्रो जिल्ला हो । कास्कीबाट उनलाई रुपन्देही लगेर फेरि फिर्ता गरिएको थियो । काठमाडौंपछि चितवन लैजाने सेड्यूल छ ।
रविलाई काठमाडौं ल्याउने तयारी भएपछि यता रास्वपाका नेताहरुले काठमाडौंमा प्रदर्शन थालिसकेका छन् । रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित रास्वपा नेता कार्यकर्ता र रविका समर्थकहरुले उनको रिहाईको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन्।



























































