काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्न खोजेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंको कीर्तिपुरमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारले भ्रष्टाचारीलाई जोगाउने र आफु अनुकुलको अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्न खोजेको आरोप लगाएका हुन् । प्रचण्डले सरकारले जथाभावी काम गरे जनताले फैसला सुनाउने भन्दै जरुरी पनि आफुहरु पनि नयाँ आन्दोलनतर्फ जाने चेतावनी दिए ।


ADVERTISEMENT

# # #


प्रतिपक्षीका तर्फबाट केही मागहरु सरकारसमक्ष प्रस्तुत गरेकाले मागको सरकारले सुनुवाई नगरे प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध रहेको धारणा राखे । अध्यक्ष प्रचण्डले अहिलेको उपनिर्वाचन भ्रष्टाचारका पक्ष र विपक्षको जनमत संग्रह जस्तै भएको बताए । उनले अहिलेको सरकार असंवैधानिक भएको समेत जिकिर गरे ।

प्रचण्डले अहिले ४४ स्थानमा हुने लागेको उपनिर्वाचनले ८४ को सन्देश दिने बताए । माओवादीका तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयर पदमा शिवशरण महर्जनले उम्मेदवारी दिएका छन् ।