काठमाडौँ – मोरङको कटहरी गाँउपालिका वडा नं. ६ मा सामुदायिक र्सपदंश तथा प्राथमिक उपचार केन्द्र संचालनमा ल्याइएको छ ।
करिब ७८ लाख रुपैयाको लागतमा नयाँ भवन बनाइएपछि बन्द रहेको र्सपदंश उपचार केन्द्रलाई नयाँ स्वरुपमा संचालनमा ल्याइएको हो । नेपाली सेनाको प्राविधिक सहयोगमा संचालन गरिने सो सामुदायिक र्सपदंश तथा प्राथमिक उपचार केन्द्रका लागि आवश्यक प्राविधिक र औषधीहरु कटहरी गाँउपालिकाले उपलब्ध गराउने सहमति भएको छ ।
स्थानीय राजेन्द्र प्रसाद दाहालले उपलब्ध गराएको र्दुइ कट्ठा जग्गामा केन्द्रको भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले २० लाख र आर्थिक मामिला तथा योजना मन्त्रालयले ३० लाख रुपैया उपलब्ध गराएको थियो ।
बुधवार एक कार्यक्रम बीच सामुदायिक सर्पदंश तथा प्राथमिक उपचार केन्द्रको कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले उद्घाटन गरे । अध्यक्ष चौधरीले यसक्षेत्रमा र्सपदंशको विरामीहरुको संख्या अत्यधिक हुने र उनीहरु उपचारका लागि इटहरी तथा विराटनगर जानुपर्ने बाध्यता हटाउन आफुहरुले पहल लिएर र्सपदंश उपचार केन्द्र निर्माण गरेको जानकारी दिए ।
सामुदायिक र्सपदंश तथा प्राथमिक उपचार केन्द्र संचालनपछि कटहरी, ग्रामथान, जहदा, धनपालथान गाँउपालिका र रंगेली तथा रतुवामाई नगरपालिकाका र्सवसाधारणलाई उपचारका लागि सहज हुने बताइएको छ ।





























































