काठमाडौँ – राष्ट्रियसभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचन सम्बन्धी विधेयक सदनमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एकीकृत निर्वाचन सम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशीघ्र पेश गर्न सरकारलाई निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकले निर्वाचन आयोगको रिक्त निर्वाचन आयुक्त पदमा यथाशीघ्र नियुक्त गर्न समेत निर्देशन दिएको छ । बैठकमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अहिले नै पुरै प्रणाली परिवर्तन भन्दा पनि हालको निर्वाचन प्रणालीभित्र सुधारको खाँचो रहेको बताए ।

नेपालभित्र मतदातालाई आफु अनुकुलको स्थानमा मतदान गर्ने लगाएतका व्यवस्था सुधार गर्ने गरी अघि बढेको उनले बताए । उनले सम्माननीय भनिने पदमा महिलाको प्रतिनिधित्व सुनिश्चिततामा आयोगले जोड दिएपनि विभिन्न कार्यान्वयन हुन नसकेको उल्लेख गरे ।

थपलियाले अहिलेको संविधान र कानूनले कुनै पनि दललाई बहुमत ल्याउनबाट नरोकेको स्पष्ट पारे । उनले निर्वाचन प्रणाली सुधारका लागि सुझाव धेरै दिए पनि कार्यान्वयन हुन नसकेको उल्लेख गरे । बैठकमा राष्ट्रियसभा सदस्यहरुले निर्वाचनमा धेरै सुधार भएपनि प्रयाप्त नरहेको धारणा राखेका थिए ।