काठमाडौँ – हिमवत्खण्ड कला–साहित्य–संस्कृतिक सम्मेलन आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।


ADVERTISEMENT


मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हिमवत्खण्ड क्षेत्रका विविध भाषा, संस्कृति, सभ्यता, तथा ज्ञानपरम्परालाई आत्मसात् गर्दै विभिन्न जातजाति र समुदायबीच सांस्कृतिक आदान–प्रदानको अवसर गर्ने उदेश्यकासाथ काठमाडौंको सभागृहमा हिमवत्खण्ड कला–साहित्य–संस्कृतिक सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो ।


ADVERTISEMENT

# # #


सम्मेलनका क्रममा हिमवतखण्डमा उत्पन्न सभ्यता तथा सांस्कृतिक वैभवमाथि प्राज्ञिक विमर्श गरिनुका साथै तिनको अध्ययन, अनुसन्धान, संरक्षण र प्रवद्र्धनमा जोड दिइने सम्मेलन आयोजक समितिका संयोजक डा. विजय सुब्बाले जानकारी दिए ।

बहुभाषिक एवम् बहुसांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउँदै सामाजिक एकता र सद्भावलाई सुदृढ बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको उनले बताए ।

सम्मेलनमा नेपालका सातै प्रदेशका साथै भारत, चीन, बंगलादेश, म्यानमार, भूटान तथा थाइल्यान्डबाट आएका प्रतिनिधिहरबाट लोकसंस्कृतिसम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हिमवत्खण्ड, यसको महिमा र लोकसंस्कृति विषयमा विशेष प्रवचन हुने बताइएको छ ।