काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा नै गर्न सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले कर्णाली प्रदेशमा आगामी चैत्र २३ गतेदेखि हुने राष्ट्रिय खेलकुद तोकिएको मितिमा नै गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति अम्मर बहादुर थापाले तोकिएको समयमा खेलकुद सञ्चालन गर्ने अवस्था बनाउन मन्त्रालयलाई निर्देशन दिए । प्रतियोगीता सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार फास्ट ट्र्याकबाट बनाउन उनले निर्देश गरे ।


ADVERTISEMENT

# # #


बैठकमा खेलकुद मन्त्री तेजुलाल चौधरीले ऐन कानूनको समस्याका कारण समयमा नै पूर्वाधार लगाएतको तयारी गर्न नसकेको बताए । फाल्गुनमा नै राष्ट्रिय खेलकुद सम्पन्न गर्ने भनिएपनि बिविध कारण चैत्रमा सार्नुपरेको उनले बताए । उनले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच समन्वयन हुन नसकेको गुनासो गरे ।

बैठकमा समिति सदस्यहरुले खेलकुद निकायबीच समन्वयन गरेर समयमा नै प्रतियोगीता सम्पन्न गर्न सरकारलाई सुझाव दिएका थिए । आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा समितिले युवा तथा खेलकुद मन्त्रालयसँग छलफल गरेको हो ।