काठमाडौँ – भारतस्थित प्रयागराजमा महाकुम्भको समापन भएको छ ।
पुस २९ गतेदेखि शुरु भएको महाकुम्भ मेला हिजो शिवरात्रीमा समापन भएको हो ।
१४४ वर्षपछि लागेको भनिएको महाकुम्भमा ६६.७० करोड मानिस सहभागी भएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। अनुमान गरिएको भन्दा धेरै संख्यामा मानिसहरु प्रयागराजको त्रिवेणी संगममा पुगेर स्नान गरेका हुन् । हरेक दिन एक करोड भन्दा बढी मानिसले त्रिवेणी संगममा स्नान गरेका थिए ।
यो अवधिभर १५ लाख विदेशी पर्यटकसहित ४५ करोड मानिस प्रयागराज पुग्ने अनुमान भारत सरकारले गरेको थियो अनुमानित भन्दा २२ करोड बढी मानिस यो संगममा पुगेका हुन्।
महाकुम्भको अन्तिम दिन महाशिवरात्रीमा मात्र १ करोड ५३ लाखले संगममा स्नान गरेका थिए । नेपालबाट मात्रै ५ लाख भन्दा बढी मानिस महाकुम्भान सहभागी भएका थिए ।
आज उत्तर प्रदेश सरकारले महाकुम्भको समापन कार्यक्रम गर्दैछ।