काठमाडौँ– गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘द एचआरएम अवार्डस फर कोर्पाेरेट एक्सिलेन्सी–२०२४’ बाट सम्मानित भएको छ ।
कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा यस विकास बैंकलाई कोर्पाेरेट एक्सिलेन्सी–२०२४ इन डेभलोपमेन्ट बैंक, रिजनल बैंक एण्ड फाइनान्स कम्पनी’ विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा गत मंगलबार द प्लाजा, ललितपुरमा आयोजित उक्त अवार्डको जुरी मेम्बरमा प्रा. डा. फत्त बहादुर के.सी. (जुरी चिफ),सशिन जोशी (विभिन्न वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत रही हाल अध्यक्ष, फोनपे पेमेन्ट सोलुसन प्रा.लि.),सरिता अधिकारी (पूर्व डाईरेक्टर, नेपाल राष्ट्र बैंक) र दिल भुषण पाठक (वरिष्ठ पत्रकार) रहेका थिए ।
यस उपाधिले बैंकलाई ग्राहक समक्ष निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पु¥याएको छ बैंकले जनाएको छ । यस्तै बैंकले आगामी दिनहरुमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको प्रस्ट पारेको छ ।
सो अवसरमा बैंकले निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरु, शेयरधनी महानुभावहरु, सरोकारवालाहरु, नियमनकारी निकायहरु एवं शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छं ।
हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।