काठमाडौँ– गृहमन्त्री रमेश लेखकले जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था फर्किन नसक्ने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले फेरि फर्काएर ल्याउँछन् भनेर कसैले विश्वास गर्न नसक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले मुलुकमा विकल्पका रुपमा राजतन्त्र हुन सक्छ भन्ने भ्रममा नबस्न पूर्व राजालाई सुझाव समेत दिए । गृहमन्त्री लेखकले केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने फैलाएको भ्रममा पूर्व राजालाई हौसिन आवश्यक नरहेको जिकिर गरे ।

उनले भने, ‘क्रान्ति गरेर, आन्दोलन गरेर फलिसकेको राजतन्त्र, राजा लोकतन्त्रमा प्रवेश गरेका जनताले फर्काउँछन् भन्ने विश्वास कसैले गर्छ ? केही मानिसहरुले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्, त्यो भ्रमबाट राजाले हौसिन आवश्यक छैन ।’

उनले मुलुकको लोकतन्त्र संयमित, परिष्कृत, उद्दार र सहिष्णुता रहेकोको बताउँदै जनताले फालिसकेको राजसंस्थाका राजाले सवै स्वतन्त्रतापूर्वक अधिकारको उपभोग गरेर बसिरहेको बताए। लोकतन्त्रलाई कसैले पनि कमजोरीका रुपमा नलिन उनले चेतावनी दिए ।