काठमाडौँ– नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले आन्दोलनरत शिक्षकहरुको मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।
यस सन्दर्भमा सभापति बानियाँले विज्ञप्ति जारी गर्दै शिक्षक महासंघका जायज मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग अपिल गरेका छन्।
“शिक्षा क्षेत्रको उन्नति नै लोकतन्त्रको आधार हो,” विज्ञप्तिमा भनिएको छ, “शिक्षकहरूले उठाएका मागहरू उचित छन् र ती वार्ता तथा संवादमार्फत चाँडै समाधान हुनु आवश्यक छ।”
कांग्रेस बागमती प्रदेशले शिक्षा क्षेत्रमा सुधार ल्याउन विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेमा जोड दिँदै आन्दोलनरत शिक्षकप्रति ऐक्यवद्धता जनाएको हो।
केही दिनदेखि काठमाडौंमा जारी शिक्षक तथा विद्यालय कर्मचारीको अनिश्चितकालीन आन्दोलनलाई समर्थन जनाउँदै कांग्रेस बागमतीले शिक्षा क्षेत्रमा देखिएको समस्याको समाधान संवादमार्फत खोज्न सरकारलाई आग्रह गरेको हो।
महासंघले विगतमा सरकारले गरेका विभिन्न सम्झौताहरू कार्यान्वयन नगरेको र गुणस्तरीय शिक्षाका लागि आवश्यक ऐन ल्याउन ढिलाइ गरेको भन्दै आन्दोलन चर्काएको छ।