काठमाडौँ– काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले तीनदेखि छ महिनासम्म रोकिएको तलब पाएका छन् ।


ADVERTISEMENT


प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि सोमबार तलब वितरण गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मेयर बालेन्द्रसहित सफाइ कर्मचारीले समेत तलब पाएका हुन् । जनप्रतिनिधि र कर्मचारीसमेतको गरी १ अर्ब १३ करोड रुपैयाँ तलबका लागि निकासा भएको छ । ।

काठमाडौं टावरको नक्साका विषयमा मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बीच विवाद भएको थियो । बालेनले समिति गठन गरी अनुसन्धाान गराएका थिए भने गुरागाईंलाई कार्यालय प्रवेश गर्न दिएका थिएनन् ।

तलब नपाएको भन्दै महानगरका कर्मचारी जनप्रतिनिधिले बिहीबार गुरागाईं कार्यालयमा प्रवेश गराएका थिए ।