ललितपुर– भारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागूऔषध बरामद भएको छ ।


ADVERTISEMENT


ललितपुर प्रहरीले गएराति बागमती गाउँपालिका-३ छपेलीमा स्थित चेकपोष्टमा गरिएको चेकजाँचका क्रममा काठमाडौं तर्फ आइरहेको भारतीय एम्बुलेन्सबाट ९४ हजार ८० वटा ट्रामाडोल ट्याब्लेट बरामद गरिएको हो।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार, एम्बुलेन्समा एक बालक र एक बालिका समेत रहेको रहेका थिए । यसर्थमा एम्बुलेन्सले बिरामीको नाममा लागूऔषधको ओसारपसार गर्ने गरेको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले यस कार्यवाहीलाई महत्वपूर्ण सफलता मान्दै आगामी दिनमा पनि यस किसिमको अपराधिक गतिविधि विरुद्ध कडा निगरानी र कारवाही गर्ने प्रतिबद्धता जनाए ।