काठमाडौँ– जारी आन्दोलनरत शिक्षकका माग सम्बोधन सम्बन्धमा तीन मन्त्रीहरु छलफलमा जुटेका छन् ।
विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक विद्यालय नफर्किंदा भर्ना अभियान नै प्रभावित हुन थालेपछि मन्त्रीहरु छलफलमा जुटेका हुन् ।
सिंहदरबारस्थित अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईसहितको बैठक जारी छ ।
शिक्षकको माग अनुरुप सेवा सुविधाका विषयमा तत्काल मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा छलफल गर्नका लिग मन्त्रीहरुको बैठक बसेको हो ।
शिक्षकहरु लामो समयदेखि आन्दोलनमा छन् । सरकारले माग सम्बोधन नगरे कक्षा १२ को परीक्षा पनि सञ्चालन हुन नसक्ने देखिएपछि मन्त्रीहरु छलफलमा जुटेको बुझिएको छ ।