हेटौँडा – बागमती प्रदेश सरकारका छैटौँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आज नियुक्त हुँदैछन्।


ADVERTISEMENT


शपथ ग्रहण कार्यक्रम दिउँसो ४ बजे हेटौँडास्थित प्रदेश प्रमुख कार्यालयमा हुने तय भएको छ। मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार साँझ आह्वान गरेका थिए ।


ADVERTISEMENT

# # #


यसै क्रममा बानियाँले सोमबार नै कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनसहित ६४ सदस्यको बहुमत जुटाएर मुख्यमन्त्री पदको दाबी पेस गरेका थिए। प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको बहुमत आवश्यक पर्छ।

यसअघि कांग्रेसका तर्फबाट सभामुखका उम्मेदवारसमेत बनेका बानियाँ बागमती प्रदेश कांग्रेसका सभापति समेत हुन्।

प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा स्वीकृत भएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो। लामाको राजीनापछि देखिएको राजनीतिक परिवर्तनको क्रमलाई निरन्तरता दिँदै बानियाँ नेतृत्वमा नयाँ सरकार बन्ने तयारी छ।

सपथग्रहण कार्यक्रमका सबै तयारीहरू पूरा भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।