काठमाडौँ– एनएमबी बैंकले वार्षिक ७.१३ प्रतिशत ब्याजदरमा विशेष अटो कर्जा योजना सार्वजनिक गरेको छ । यो योजना विशेषगरी नाडा अटो शो २०२५ तथा आगामी चाडपर्वलाई लक्षित गर्दै ल्याइएको हो ।


ADVERTISEMENT


बैंकले जनाएको छ कि यो कर्जा योजनाले विशेषगरी इलेक्ट्रिक सवारीसाधन खरिदलाई सजिलो र किफायती बनाउने उद्देश्य राखेको छ । सीमित अवधिका लागि उपलब्ध यो सुविधा सहज आवेदन प्रक्रियामार्फत लिन सकिनेछ ।


ADVERTISEMENT

# # #


“यो विशेष पर्व कर्जा योजना एनएमबी बैंकको हरित अर्थतन्त्र र दिगो भविष्यप्रति प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम हो,” बैंकले विज्ञप्तिमा जनाएको छ ।

ग्राहकहरूले नाडा अटो शोको भृकुटीमण्डपस्थित स्टल नं. ई–२४ वा आफ्नो नजिकको एनएमबी शाखामा गएर थप जानकारी लिन सक्नेछन् । अटो शोमा बैंकका दक्ष अधिकृतहरू उपस्थित हुने र सम्भावित ग्राहकलाई परामर्श तथा सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।

हाल एनएमबी बैंकले २०२ शाखा, १८७ एटिएम र ९ विस्तारित काउन्टरमार्फत देशभर आफ्ना सेवा उपलब्ध गराउँदै आएको छ ।