काठमाडौँ– नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका ग्राहकले मकवानपुर जिल्लाको थाहा नगरपालिका १३, बज्रबाराही स्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिट प्रा.लि. विशेष छुट पाउने भएका छन् ।
बैंक र रिर्साेटबीच भएको सम्झौता अनुरुप ग्राहकका साथै कार्यरत कर्मचारीहरु तथा कर्मचारीका परिवारका सदस्यहरूले रिर्साेटमा विशेष छुट पाउने भएका हुन् ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई ओम अध्याय रिट्रिट प्रा.लि. ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा सोमबार बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ओम अध्याय रिट्रिट प्रा.लि. को तर्फबाट बिक्रि निर्देशक श्री सुजन अधिकारीले हस्ताक्षर गरेका छन् ।


























































