काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले देशमा देखिएको पछिल्लो राजनीतिक संकटबाट मुख खोलेका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति पौडेलले देशको अहिलेको विषम परिस्तिथिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भन्नेमा आफू हरसम्भव प्रयास गरिरहेको बताएका हुन् ।


ADVERTISEMENT


उनले भनेका छन्, ‘मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु।’


ADVERTISEMENT

# # #


राष्ट्रपति पौडेलले आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् ।