काठमाडौँ – जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनीका कारण ध्वस्त भएका सरकारी कार्यालयको सरसफाइ सुरु गरिएको छ ।


ADVERTISEMENT


कार्यालयका कर्मचारीहरू आफैंले आफ्ना कार्यालयमा सरसफाइ सुरु गरेका हुन् । आन्दोलनकारीले कोशी प्रदेशसभा, उच्च अदालत मोरङ, जिल्ला अदालत लगाएतका सरकारी कार्यालयमा आगजनी गरेका थिए । जलेर नष्ट भएका संरचना, फर्निचर र कागजात हटाउने कार्य कर्मचारीहरुले निरन्तर रुपमा गरिरहेका छन् । तर, कार्यालय पुनः सञ्चालनमा ल्याउन भने अझै लामो समय लाग्ने उनीहरूको भनाइ छ ।


ADVERTISEMENT

# # #


केही हप्ताभित्र सामान्य प्रशासनिक काम सुरु गर्ने तयारी भए पनि पूर्ण सेवाग्राही सुविधा उपलब्ध गराउन भने समय लाग्ने मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

आगजनीका कारण धेरै फाइल र अभिलेख जलेर नष्ट भएकाले आवश्यक प्रमाण हराएको र आगामी दिनमा सेवाप्रवाहमा गम्भीर चुनौती आउने सम्भावना कर्मचारीहरु बताएका छन् । अहिले विराटनगर बजार बन्द रहेको छ भने विराटनगरमा रहेका विभिन्न कार्यालयहरूमा नेपाली सेना र सुरक्षाकर्मीहरूले सुरक्षा प्रदान गरिरहेको छ ।