काठमाडौँ – नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष देशमा संकटकाल लगाउन प्रस्ताव गरेको छ । जेन–जी आन्दोलनका कारण देश सरकारविहीन अवस्थामा पुगेकाले लामो समय लिँदा सुरक्षा चुनौती बढ्ने भन्दै सेनाले संकटकाल लगाउन प्रस्ताव गरेको हो ।


ADVERTISEMENT


यता राष्ट्रपति पौडेलले भने देशमा संकटकाल लगाउने अवस्था आउन नदिन तीव्ररुपमा आन्दोलनकारी पक्षसहित कानुनविद् र सरोकारवालासँग छलफल तथा परामर्श गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति पाडेलले आजै राष्ट्रपति कार्यालय शीतलनिवासमा जेन–जीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेकी सुशीला कार्कीसँग समेत छलफल गरेका छन् । तर सहमतिमा पुग्न सकेका छैनन् ।

जेन–जी नेतृत्वले पहिले संसद विघटन गर्नुपर्ने र अनिमात्रै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुपर्ने अडान राखेका छन् ।

यता राष्ट्रपतिले पहिले प्रधानमन्त्ती नियुक्त गर्ने र पहिलो मन्त्रिपरिषद्को बैठकमार्फत नै नयाँ निर्वाचनको मिति घोषणा गर्ने र संसद विघटनको सिफारिस गरेमा संविधानिक हुने बताइरहेका छन् । जुन आन्दोलनरन पक्षले मानेको छैन ।

यसरीअन्तरिम सरकार पहिलो गठन गर्ने कि संसद विघटन पहिले गर्ने भन्ने विवाद छ । भदौ २४ गते (मंगलबार) प्रधानमन्त्री केपी शर्माओलीले राजीनामा दिएयता देश सरकारविहीन रहेको छ ।

नेपाली सेनाले सुरक्षा व्यवस्था कायम राख्न कर्फ्यू र निषधाज्ञा लगाइरहेको छ ।