काठमाडौं– त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
आइतबार राति ३० वर्षीय यम बहादुर कडेलले आफ्नै आमा ५५ वर्षीया राम माया कडेलको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
यम बहादुरले धारिलो हतियार खुँडा प्रहार गर्दा राम मायाको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनापछि प्रहरी चौकी सल्यानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



























































