काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको सुपर सिक्सको पहिलो खेलमा नेपालका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।


ADVERTISEMENT


ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा कुवेतले टस जितेपछि नेपालले महत्वपूर्ण खेलमा पहिले ब्याटिङ गरिरहेको नेपालका लागि उनले ४५ बलमा ४ चौका र १ छक्काको मदतमा अर्धशतक बनाएर आउट भएका हुन् ।


ADVERTISEMENT

# # #


ताजा अवस्थामा नेपालले १६ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा १०३ रन बनाएको छ । नेपालको कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले सम्हालिरहेका छन् । यसअघि कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्काको मदतमा २८ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेलले १९ बलमा १ चौका हान्दै २० रन बनाएर आउट भए ।

९ राष्ट्र सहभागी दुई प्रमुख र कडा टोली मानिएका नेपाल र युएईबीचको यो खेल प्रतियोगिताकै सबैभन्दा प्रतिस्पर्धी मानिएको छ । आजको खेल जित्ने टोलीले विश्वमपमा स्थान बनाउनुका साथै प्रतियोगिताको उपाधि समेत जित्न सक्ने सम्भावना प्रबल रहेकाले दुबै टोलीका लागि यो खेल अति महत्वपूर्ण छ ।