काठमाडौँ – मधेश प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनितिक दलले बुधबार पनि विरोध प्रदर्शन जारी राखेका छन् ।
मधेश प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको भन्दै मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरुले बुधबार पनि मधेश भवन अगाडि विरोध प्रदर्शन गर्दै धर्नामा बसेका हुन् ।


ADVERTISEMENT


उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै खारेज गर्नुपर्ने मागसहित नारावाजी गरेका छन् । सपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिस यादवले आफुहरुको विरोध प्रदेश प्रमुखको असंवैधानिक कदम बिरुद्ध रहेको बताए ।


ADVERTISEMENT

# # #


प्रदेश प्रमुखलाइ केन्द्र सरकारले पदमुक्त गरिसकेको अवस्थामा मुख्यमन्त्रीलाई समेत बर्खास्त गर्नुपर्ने उनले बताए । मधेश प्रदेश सरकार गठनबिरुद्धको मुद्दा सर्वोच्चमा रहेकाले सर्वोच्चले संविधान अनुसार निर्णय गर्ने उनले विश्वास व्यक्त गरे ।

यसअघि मंगरबार मुख्मयन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गरिरहेको बेला मधेश भवन अगाडि ७ दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले विरोध जनाएका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गर्दा केहि नेताहरु घाइते भएका थिए ।

उक्त घटनापछि सात दलीय गठबन्धनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएका थिए । ७ दलिय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।