काठमाडौँ – नेपाल प्रिमियर लिग–एनपीएलको दोस्रो संस्करणको मिति नजिकिँदै जाँदा काठमाडौैंमा ट्रफी प्रदर्शन गरिएको छ ।
बुधबार एनपीएल टीम काठमान्डू गोर्खाजले काठमाडौंको बसन्तपुर, पाटन र भक्तपुर दरवार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको हो । बाजागाजासहित एनपीएलको ट्रफीलाइ ऐतिहासिक क्षेत्रमा पुर्याएर प्रदर्शन गरिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुँदै छ । एनपीएलको दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साविक विजेता जकनपुर बोल्ट्सको सामना गर्ने छ ।
त्रिवि क्रिकेट रंगशालामा हुने एनपीएलको दोस्रो संस्करणका अधिकांश खेलहरु फ्लडलाइटमा आयोजना हुने क्यानले जनाएको छ ।


























































