काठमाडौँ – काठमाडौँ गोर्खाज् काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ ।


ADVERTISEMENT


आजको पहिलो खेलमा काठमाडौँ गोखार्जले पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै प्ललेअफमा स्थान पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १५२ रन बनामै समेटिएको हो ।


ADVERTISEMENT

# # #


पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रन बनाए पनि जित दिलाउन सकेनन् । त्यसक्रममा उनले ३१ बलमा ३ चौका र २ छक्कासहित अर्धशतकीय पारी खेले । यस्तै धनञ्जय लक्षणले २७ बलमा १ चौका र १ छक्काको मदतमा ३० तथा कप्तान कुशल भुर्तेलले २० बलमा २ छक्काको मदतमा २२ रन बनाए भने जाशन रोय १६ रनमा आउट भए ।

शानदार बलिङ गर्दै काठमाडौँका शाहब आलमले सर्वाधिक ५ विकेट लिए । एनपीएलको दोस्रो संस्करणमा ह्याट्रिक लिने पहिलो खेलाडी बनेका उनले ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चिए । यस्तै सन्नी पटेल, र कप्तान करण केसीले समान २–२ विकेट हात पारे ।

यसअघि बेन चार्ल्सवर्थ र भीम सार्कीले अर्धशतकीय पारी खेलेपछि काठमाडौँको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो । त्यसक्रममा बेन ६४ र भीम ५५ रनमा आउट भए ।

पोखराका धनन्जय लक्षनले शानदार बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए । ४ ओभरमा उनले १ मेडेन राख्दै १६ रन मात्रै खर्चिए । यस्तै कप्तान कुशल भुर्तेलले २ विकेट हात पारे ।

लिग चरणका सबै (७) खेलमध्ये ५ खेलमा जित हात पार्दै १० अंकका साथ काठमाडौँ प्लेअफमा पुग्ने दोस्रो टोली बनेको हो । यसअघि सुदूरपश्चिम दुई खेल अगावै प्लेअफमा पुगेको थियो ।

आजको हारसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना गणीतीय रुपमा मात्रै बाँकी छ ।

आजै अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

आजै अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।