काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषकराज पौडेल पुनः नियुक्त भएका छन्।


ADVERTISEMENT


कम्पनी सञ्चालक समितिको शुक्रबार (मंसिर १९ गते) बसेको बैठकले पौडेललाई सीईओमा दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो । उनको ४ वर्षे अर्को एक कार्यकालको यो नियुक्ति आउँदो पुस ३० गतेबाट लागू हुने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


पौडेल बीमा क्षेत्रमा बौद्धिक तथा स्वच्छ छवि बनाएका व्यक्तित्व हुन्। उनले सिटिजन लाइफलाई ८ वर्षमा अब्बल संस्था बनाउन अहम् भूमिका निर्वाह गरेका छन्।

पौडेलको हालको दोस्रो कार्यकाल अवधि यही पुस मसान्तबाट सकिँदैछ। उनी सिटिजन लाइफको सीईओमा २०७४ माघमा नियुक्त भएका थिए।

सीईओ पौडेलसँग बैंक, बीमा तथा वित्तीय क्षेत्रमा ३ दशकभन्दा लामो समय बिताइसकेका छन्। सिटिजनमा आउनुअघि उनी अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफमा वित्त प्रमुखका रुपमा कार्यरत थिए।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए तथा एसीएस र एफएलएमआई (यूएसए)को अध्ययन पूरा गरेका पौडेलले स्वदेश र विदेशमा नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिमसमेत लिएका छन्।