काठमाडौं– नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका अशोक कुमार अग्रवाल एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका छन्।


ADVERTISEMENT


मिति २०८२/०९/०९ मा बसेको बैंकको सञ्चालक समितिको ७४४औँ बैठकले आजकै मितिदेखि लागू हुने गरी अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।


ADVERTISEMENT

# # #


बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलका अनुसार नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

बैंकिङ, वित्तीय, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गरेका अग्रवालले विभिन्न संस्थामा नेतृत्वदायी भूमिकामा रहेर मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदानपुराउँदै आएका छन्। उच्च नेतृत्व क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका लागि परिचित अग्रवाल दीर्घकालीन योजनामा विश्वास राख्ने व्यक्तित्वका रूपमा चिनिन्छन्।

बैंकले नवनियुक्त अध्यक्ष अग्रवालको नेतृत्वमा संस्थाले थप उपलब्धि हासिल गर्दै सफलताको नयाँ उचाइ चुम्ने तथा प्रतिष्ठाको नयाँ शिखरमा पुग्ने विश्वास व्यक्त गरेको छ।