काठमाडौं – कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक मूल्य हो । आइतबार सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो ।


ADVERTISEMENT

# # #


त्यसैगरी चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कायम थियो ।