काठमाडौं – नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।


ADVERTISEMENT


केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए ।

उनीहरू सबैले सिंहदरबार पुगेर पदभार गरिसकेका छन् । सरकारले गर्ने केही महत्त्वपूर्ण कामबारे मन्त्रिपरिषद्बाट निर्णय लिइने बताइएको छ ।