काठमाडौं – प्रख्यात भारतीय गायिका आशा भोसलेको निधनप्रति भारतीय दूतावासले गहिरो समवेदना व्यक्त गरेको छ।
दूतावासले भोसलेको कलाकारीता आवाज र असाधारण सांगीतिक यात्राले सांस्कृतिक सम्पदालाई समृद्ध बनाएको उल्लेख गरिएको छ। साथै, उनको संगीतले नेपाल सहित विश्वभरका लाखौं श्रोतालाई प्रभावित पारेको जनाइएको छ।
दूतावासले गायिका भोसलेले गाएका नेपाली गीतहरू आज पनि नेपालमा उत्तिकै कदर गरिने बताउँदै यसले नेपाल र भारतबीचको गहिरो सांस्कृतिक सम्बन्ध झल्काउने उल्लेख गरेको छ। उनको निधनले संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको दूतावासको भनाइ छ।


























































