काठमाडौं – नयाँ वर्ष २०८३ को अवसरमा नेपाल टेलिकम ले आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष “नयाँ वर्ष अफर २०८३” सार्वजनिक गरेको छ।


ADVERTISEMENT


कम्पनीका अनुसार अफर अन्तर्गत “न्यु इयर लाइट” र “न्यु इयर प्रिमियम” गरी दुई प्रकारका डेटा प्याकेज उपलब्ध गराइएका छन्। “न्यु इयर लाइट” प्याकेज रु. ४९९ मा उपलब्ध हुनेछ, जसमा ग्राहकले प्रतिदिन ५ जीबी डेटा प्रयोग गर्न सक्नेछन्। निर्धारित ५ जीबी सकिएपछि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ।


ADVERTISEMENT

# # #


त्यस्तै, “न्यु इयर प्रिमियम” प्याकेज रु. ६९९ मा उपलब्ध हुनेछ, जसमा प्रतिदिन १० जीबी डेटा प्रदान गरिनेछ। सो सीमा नाघेपछि पनि ग्राहकले ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सक्नेछन्।

दुवै प्याकेजको वैधता अवधि ३० दिनको रहनेछ। कम्पनीका अनुसार यो अफर २०८२ चैत ३० गतेदेखि २०८३ बैशाख २ गतेसम्म खरिद गर्न सकिनेछ। पोस्टपेड प्रयोगकर्ताका लागि भने प्याकेज शुल्क मासिक रेन्टलमै समावेश गरिनेछ।

ग्राहकहरूले यो अफर प्राप्त गर्न मोबाइलबाट *1415* 11# डायल गर्न सक्नेछन् भने नेपाल टेलिकम एपमार्फत पनि सजिलै प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

नयाँ वर्ष २०८३ को अवसरमा कम्पनीले सम्पूर्ण सेवाग्राहीमा शुभकामना व्यक्त गरेको छ।