काठमाडौं – सिटिजन्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।


ADVERTISEMENT


चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.८२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।


ADVERTISEMENT

# # #


समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.४८ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३.०६ प्रतिशत र सञ्चालन मुनाफा ३८.६१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब १६ करोडबाट घटेर १ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५५ पैसा बढेर ११ रुपैयाँ २३ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ५० करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।