हेटौँडा –  बागमती प्रदेशमा अपराध अनुसन्धानलाई थप प्रभावकारी, प्रविधिमैत्री र नतिजामुखी बनाउन “बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३” जारी रहेको छ।


ADVERTISEMENT


नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्साल काठमाडौं र बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाको संयुक्त आयोजनामा भइरहेको गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ ले अपराध नियन्त्रण र अनुसन्धानलाई समयानुकूल तथा प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।


ADVERTISEMENT

# # #


गोष्ठीमा अपराध अनुसन्धानका वर्तमान अवस्था, चुनौती, अवसर तथा अनुसन्धान प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा व्यापक छलफल भइरहेको छ। विभिन्न जिल्लाबाट सहभागी प्रहरी अधिकारीहरूले अनुसन्धानका अनुभव आदानप्रदान गर्दै प्रभावकारी कार्यसम्पादनका उपायबारे सुझाव प्रस्तुत गरिरहेका छन्।

कार्यक्रममा आन्तरिक मामिला मन्त्री शिवराज अधिकारी, नेपाल प्रहरीका उच्च अधिकारी, सरकारी वकिल, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, अनुसन्धान अधिकृत, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको छ।

गोष्ठीले बागमती प्रदेशमा शान्ति सुरक्षा सुदृढ गर्दै अपराध अनुसन्धान प्रणालीलाई अझ सक्षम, विश्वसनीय र जनउत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।