काठमाडौं- वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पु¥याइएको छ ।


ADVERTISEMENT


वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर लगनखेलको ठटी टोलमा रोकिएको रथलाई शुभ साइतअनुसार तानेर बुधबार जावलाखेल पु¥याइएको हो ।


ADVERTISEMENT

# # #


रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पु¥याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थीतिमा भोटो देखाउने प्रचलन भएकाले असार ६ गते शनिबार भोटो देखाइने तय भएको छ ।

पुल्चोकमा रथारोहण गरी सुरू भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पु¥याएर भोटो देखाइन्छ ।

भोटो देखाएसँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ । पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरुवात गराइएको किंवदन्ती छ ।