काठमाडौं – विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६ अहिले राउन्ड अफ ३२ (नकआउट चरण) मा प्रवेश गरिसकेको छ। अब प्रत्येक खेल ‘गर या मर’को अवस्थामा हुनेछ। एक हारले टोलीको विश्वकप यात्रा समाप्त हुनेछ भने जितले अन्तिम १६ (Round of 16) मा स्थान सुरक्षित गर्नेछ।


ADVERTISEMENT


आज राति नेपाली समयअनुसार पहिलो खेलमा अष्ट्रेलिया र इजिप्ट आमनेसामने हुनेछन्। खेल राति ११:४५ बजे सुरु हुनेछ। अष्ट्रेलियाले कप्तान म्याथ्यु रायन, ह्यारी साउटर, जाक्सन इर्भिन, एज्डिन ह्रुस्टिक र कुसीनी येन्गीमाथि भरोसा गर्नेछ भने इजिप्टको मुख्य आशा स्टार फरवार्ड मोहम्मद सलाह, ओमर मार्मुश, महमुद ट्रेजेगे, मोहम्मद एल–शेनावी र मोस्तफा मोहम्मद हुनेछन्। विशेषगरी सलाहको प्रदर्शनमाथि विश्वभरका समर्थकको नजर रहनेछ।


ADVERTISEMENT

# # #


दोस्रो खेलमा विश्वकप उपाधि दाबेदार अर्जेन्टिना ले केप भर्डेसँग भोलि बिहान ३:४५ बजे प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी, लाउटारो मार्टिनेज, जुलियन आल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र गोलकिपर एमिलियानो मार्टिनेज टोलीका प्रमुख हतियार हुनेछन्। केप भर्डेले रायन मेन्डेस, बेबे, लोगान कोस्टा र डिलन टाभारेसमार्फत इतिहास रच्ने लक्ष्य राखेको छ।

तेस्रो खेलमा कोलम्बिया र घाना बीच भोलि बिहान ७:१५ बजे प्रतिस्पर्धा हुनेछ। कोलम्बियाका लुइस डियाज, जेम्स रोड्रिगेज, जोन डुरान, रिचार्ड रियोस र डाभिन्सन सान्चेज मैदानमा उत्रिनेछन् भने घानाले मोहम्मद कुडुस, थोमस पार्टे, इनाकी विलियम्स, एन्टोइन सेमेन्यो र अब्दुल फाताउ इसाहाकुमाथि भरोसा गर्नेछ।

आजको नकआउट चरणमा लियोनेल मेस्सी, मोहम्मद सलाह, लुइस डियाज, लाउटारो मार्टिनेज, जुलियन आल्भारेज र मोहम्मद कुडुस जस्ता विश्व फुटबलका चर्चित खेलाडीमाथि समर्थकहरूको विशेष नजर रहनेछ। नकआउटको उच्च दबाब, सुपरस्टारहरूको प्रदर्शन र अन्तिम १६ मा पुग्ने लक्ष्यका कारण आजको खेल फुटबलप्रेमीका लागि अत्यन्त रोमाञ्चक रहने अपेक्षा गरिएको छ।