काठमाडौं- श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संविधान संशोधनका नाममा प्राप्त उपलव्धीलाई खारेज गर्ने प्रयास भए स्वीकार्य नहुने बताएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभाको बैठकमा प्रमुख सचेतक राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता, र धर्मनिरपेक्षता माथि खेलबाड गरिए वा प्रदेश खारेज गर्ने दुस्साहस गरिए स्वीकार्य नहुने चेतावनी दिएका छन् । सचेतक राईले संविधान संशोधन गर्ने नै हो भने महिलाहरूको हाल सुनिश्चित गरिएको एक–तिहाइ (३३ प्रतिशत) अधिकारलाई बढाएर ५० प्रतिशत पु¥याउनुपर्ने धारणा समेत राखेका छन्।


ADVERTISEMENT

# # #


संविधान संशोधनले पिछडिएका र उत्पीडित समुदायको अधिकारलाई थप सुदृढ गर्नुपर्ने उनको भनाइ छ । राईले लोकतन्त्रमाथि प्रहार गरिए सिंहदरबारका विरुद्ध पुनः विद्रोह हुने चेतावनी समेत दिएका छन् ।

सिंहदरबारले आफ्नो हितमा काम गरेको अनुभूति जनताले गर्न नपाएका कारण नै विगत २००७ सालदेखि हालसम्म निरन्तर विद्रोह हुँदै आएको उनको भनाइ छ ।