काठमाडौं- चीनको तिब्बतबाट रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि पीडितको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले त्रिशिद्धेश्वरी यातायात सेवा प्रालिले आर्थिक सहयोग गरेको छ ।


ADVERTISEMENT


बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै त्रिशिद्धेश्वरी यातायात सेवा प्रालिका अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले ४ लाख ११ हजार १११ रुपैयाँ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


चेक महासंघका कल्याणकारी सचिव प्रकाश भट्टमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)लाई हस्तान्तरण गरिएको हो ।

विपद्को समयमा पीडित नागरिकको साथमा उभिने उद्देश्यले उक्त सहयोग गरिएको त्रिशिद्धेश्वरी यातायात सेवा प्रालिले जनाएको छ ।