काठमाडौं – गृहमन्त्री सुधन गुरुङले सहिदले देखेको सपना पुरा गर्ने गरि देश बनाउने काममा निरन्तर लागि परेको बताएका छन् ।


ADVERTISEMENT


जेनजी सहिद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले आफू र नेपाल सरकारका सम्पूर्ण मन्त्रीहरू सहिदले देखेको सपना र जनताको भरोसा टुट्न नदिन निरन्तर खटिरहेको बताएका हुन् । उनले जनता ठूलो आशाका साथ आउँदा आफ्नो तर्फबाट कुनै कमी–कमजोरी नहोस् भनेर रातमा सुत्न पनि डर लाग्ने गरेको उल्लेख गरेका छन्।


ADVERTISEMENT

# # #


जेनजी आन्दोलन इतिहास भइसकेको र ३ करोड नेपाली जनताले अनुमोदन गरिसकेकाले यसलाई कसैले फेर्न वा अपमान गर्न नसक्ने बताएका छन् ।

अहिले पनि केहि नेताहरुले जेनजी आन्दोलनलाई अपमान गर्ने गरेको भन्दै गृहमन्त्री गुरुङले पुराना दलका नेताहरूलाई समयमै सुध्रिन आग्रह गरेका छन् । उनले आफ्नो अडान र लक्ष्यबाट पछि नहट्ने, बरु जस्तोसुकै चुनौती वा गोलीको सामना गर्न तयार रहेको धारणा राखेका छन्।

आफूहरू राजनीति सिक्न नभई युवा पुस्तालाई सेवाको राजनीति आएको उनको भनाइ छ । उनले मन्त्रीको कुर्सीलाई आफूले सत्ता र शक्तिको रूपमा नलिएको बताएका छन् । गृहमन्त्री गुरुङले प्रहरी लगायतका सम्पूर्ण सुरक्षाकर्मीहरूलाई उच्च मनोबलका साथ काम गर्न आह्वान गर्दै यसपटकको गृहमन्त्री “घुस्याहा“ नभएको र उनीहरूको साथमा सधैं उभिने बताएका छन् ।