फागुन, १८। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि समावेश गरिएका चार विषयमा कुनै समस्या नरहेको बताएका छन् ।


ADVERTISEMENT


नेपाली काँग्रेस भीमदत्तनगर कार्यसमितिले आज भीमदत्त नगरपालिका–१२ ऐरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री लेखकले नेपाली नागरिकसित विवाह गरेर आउने विदेशी महिलालाई दिइने वैवाहिक नागरिकता सीमा हेरफेरलगायतका विषय संविधान संशोधनमा उल्लेख भएको बताउँदै प्रदेश सीमा हेरफेरका विषयमा काँग्रेस र नेकपा (एमाले)बीच सहमति भएकै आधारमा अघि बढ्न खोजिएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


काँग्रेस नेता लेखकले आफ्नो दलले संविधानलाई सबै नेपालीको साझा सम्पत्तिका रुपमा सर्वस्वीकार्य बनाउन चाहेको बताए ।

उनले आजै काँगे्रसको भीमदत्तनगरपालिका–१३ र १६ को पार्टी कार्यालय समेत उद्घाटन गरेको काँग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिए ।