काठमाडौं – न्युजिल्याण्डले पहिलो टेष्ट खेलमा इंग्ल्याण्डलाई एक पारी र ६५ रनले हराएको छ । न्युजिल्याण्डले पहिलो पारीमा तयार गरेको ६ सय १५ रनको विशाल योगफलको जवाबमा इंग्ल्याण्डले पहिलो पारीमा ३ सय ५३ र दोस्रो पारीमा १ सय ९७ गरी दुबै पारीमा ५ सय ५० रनमा मात्रै जोड्न सकेपछि उसले पारीको हार बेहोरेको छ ।


ADVERTISEMENT


तीन विकेटको क्षतिमा ५३ रनबाट पाँचौं तथा अन्तिम दिनको खेल अगाडि बढाएको इंग्ल्याण्डको दोस्रो पारी मात्र १ सय ९७ रनमा समेटिन पुग्यो । जोए डेन्लीले बनाएको ३५ रन नै इंग्लीश पारीको सबैभन्दा ठूलो ब्यक्तिगत् योगफल रहन गयो । उसको पारीका ज्याक लिच, जोश बटलर र स्टुअर्ट क्रिस बोर्ड गरी तीनजना ब्याट्सम्यानले खाता समेत खोल्न पाएनन् । न्युजिल्याण्डका लागि नैल वाग्नरले सर्वाधिक पाँच विकेट लिनुभयो । मिसेल शान्टनरले तीन तथा टीम साऊदी र कोलीन डे ग्रान्डहोमले सामान एक एक विकेट बाँडे।


ADVERTISEMENT

# # #


यसअघि पाहुना टोली इंग्ल्याण्डले माउन्ट मन्गुनईमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै पहिलो पारीमा ३ सय ५३ रनको औसत योगफल तयार गरेको थियो । बेन्न स्टोक्सले ९१, जोए डेन्लीले ७४ तथा ओपनर रोरी बन्र्सले ५२ रन बनाए । न्युजिल्याण्डका लागि टीम साऊदीले चार, ग्रान्डहोमले दुई, नैल वाग्नेरले तीन तथा ट्रेन्ट बौल्टले एक विकेट लिए ।

जवाबमा न्युजिल्याण्डले बीजे वाटलिङ्गको दोहोरा शतक तथा मिसेल शान्टनरको शतकको सहयोगमा पहिलो पारी ९ विकेटको क्षतिमा ६ सय १५ रनमा घोषणा गरेको थियो । इंग्लीश बलरहरुमा सैम कर्रनले सर्वाधिक तीन तथा ज्याक लीच र बेन्न स्टोक्सले सामान दुई दुई तथा जोए रुट र जोफ्रा आर्चरले सामान एक एक विकेट लिए ।

खेलको म्यान अफ द् म्याच वाटलिङ्ग घोषित भए । जितसँगै दुई म्याचको टेष्ट श्रृखंलामा न्युजिल्याण्डले १–० को अग्रता लिएको छ ।