काठमाडौं – नागरिकता कानुनको विरोधमा पश्चिम बंगालका मुख्यमन्त्री ममता बेजर्नी आफैं सडक प्रदर्शनमा सहभागी भएकी छन् । उनले हजारौं पार्टी कार्यकर्ता प्रदर्शनको नेतृत्व गरेकी हुन्, जुन सोमबार कोलकात्तामा भएको थियो ।


ADVERTISEMENT


तृणमूल कांग्रेसकी प्रमुखसमेत रहेकी बेनर्जीले नेशनल रजिस्टर फर सिटिजन (एनआरसी) र नागरिकता कानुनलाई कहिल्यै पश्चिम बंगालमा अनुमति नदिइने बताइन् ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार 
– भारतको नागरिकता कानुनलाई लिएर किन अशान्त छ आसाम ?
– आफ्नै भनाईविरुद्ध मोदी, इन्टरनेट रोक लगाउने देशमा भारत अग्र स्थानमा

‘हामी सबै धर्म, जाति र पन्तको सहअस्तित्वमा विश्वास गर्छौं,’ उनले भनिन्, ‘हामी सबै यो देशको नागरिक हुन् र हामीलाई कसैले टाढा लैजान सक्दैनन् ।’