काठमाडौ – एनआरटी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा मंगलबार भएको खेलमा एनआरटीले सरस्वती क्लबलाई ४–० गोलले हरायो ।


ADVERTISEMENT


एनआरटीको जितमा सरोज तामाङले दुई गोल गरे । विदेशी खेलाडी जुनियर र जोर्डन एन्डेम्बाले एक एक गोल गेरेका थिए । जितसँगै एनआरटीले तीन अंक बनाएको छ । यद्यपी अघिल्लो लिगका अन्तिममा परेका कारण यसपटक एनआरटीको दुई अंक घटुवा हुनेछ ।


ADVERTISEMENT

# # #