काठमाडौं । सांसद नविना लामाले सञ्चालनमा ल्याएको हिमालयन रिमठिम क्याफेमा सांगीतिक कार्यक्रम ‘रिमठीम नाइट’ हुने भएको छ ।


ADVERTISEMENT


काठमाडौं मिनभवनस्थित संसद भवनको अगिल्तिर रहेको क्याफेमा डिसेम्बर २० तारिखका दिन रिमठिम नाइटको आयोजना गरिएको सांसद लामाले जानकारी दिएकी छन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा चर्चित लोक दोहोरी गायक बद्री पंगेनी, रोज मोक्तान, अर्जुन सुनाम र शोभा पाण्डे लगायतका कलाकारहरुले प्रस्तुती दिनेछन् ।

स्वादिष्ट अर्गानिक खानाका साथमा हुने रिमठीम नाइट दिउँसो ३ बजेबाट सुरु हुने जनाईएको छ ।

एक वर्षदेखि सञ्चालनमा रहेको रेष्टुरेन्टमा सांसद लामाका साथै अखिलका नेताहरुको संयुक्त लगानी रहेको छ ।