पोखरा – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट मा विराटनगर टाइटान्सले पहिलो जित हात पारेको छ । विराटनगरदे बुधबार पोखरा पल्टनलाई पराजित गरेको हो ।


ADVERTISEMENT


टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४५ रन बनाएको हो । १४६ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको पोखरा १९.५ ओभरमा सबै विकेट गुमाएँदै १०० रनमै समेटियो । पोखराका लागि रोहित पाडेलले सर्वाधिक ३२ रन बनाए । ३८ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे । यस्तै कुशल भुर्तेलले २४ र आसिफ शेखले १३ रन जोडे । पोखराका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


विराटनगरका किशोर महतोले तीन विकेट लिए । यस्तै जितेन्द्र मुखिया र मोहम्मद जियाद आलमलदे समान २–२ विकेट बाँडे । साहब आलत, पुनम मेहरा र नोमान खानका नाममा १–१ विकेट रह्यो ।

यसअघि विराटनगरका लागि पुनित मेहेराले अर्धशतकीय पारी खेले । २६ बल खेलेका उनले ५ चौका र ४ छक्काको सहयोगमा ६६ रन बनाए । यस्तै सुनिल धमलाले ३६, मोहमद जाहिदले २६ र कप्तान प्रदीप ऐरीले ६ रनको योगदान दिए । राजु रिजाल ९ रनमा आउट हुँदा अन्यले प्रभाव देखाउन सकेनन् ।

पोखराका लागि शरद भेषवाकरले २ विकेट लिए । सर्वजित लद्दा र कुशल मल्लले समान १-१ विकेट हात पारे । यसअघि आजै पहिलो खेलमा कप्तान ज्ञानेन्द्र मल्लको आक्रामक शतकमा काठमाडौँ गोल्डेन्स वारियर्सले एक्सपर्ट भनगढी ब्ल्यूजलाई १०६ रनले हराएको थियो ।